बुधबार, भाद्र २४ गते २०८३
images

एएफसी फुटसल एसियन कप छनोटका लागि नेपाली टोली घोषणा

एक्सप्रेस पाना
भाद्र २४, २०८० आइतबार
  • 440
    SHARES
  • एएफसी फुटसल एसियन कप छनोटका लागि नेपाली टोली घोषणा

    काठमाडौं । मंगोलियामा आयोजना हुने एएफसी फुटसल एसियन कप छनोट २०२४ का लागि नेपाली राष्ट्रिय फुटसल टोली घोषणा गरिएको छ।

    images

    आइतबार मुख्य प्रशिक्षक गौरव बस्नेतले १४ सदस्यीय टोली घोषणा गरेका हुन् ।

    एएफसी फुटसल एसियन कप छनोट २०२४ को समूह ‘डी’ मा नेपालसहित भियतनाम, दक्षिण कोरिया र मंगोलिया छन् । यो समूहका खेलहरु आगामी अक्टोबर ७ देखि ११ तारिखसम्म मंगोलियामा हुनेछन् ।

    images

    छनोट प्रतियोगितामा सहभागी ३१ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ। हरेक समूहको शीर्ष स्थानमा रहने टोली सोझै एएफसी फुटसल एसियन कपका लागि छानिने छन्। त्यस्तै सात उत्कृष्ट उपविजेता टोलीले पनि प्रतियोगितामा स्थान बनाउने छन्।

    टोली:
    गोलकिपर: आशिष दंगल, सागर गुरुङ
    फिक्सो: विजय श्रेष्ठ, सरोज तामाङ, साँजे स्याङ्तान
    अला: आदिल हमिद, अमित तामाङ, अरुज सिंह, सुमित श्रेष्ठ, उज्वोल शाही, रजत तिवारी, दिपेश घले
    पिभोट: सुजित बुढाथोकी, मणिकुमार लामा

  • सम्बन्धित विषय:

  • # फुटबल