बुधबार, भाद्र २४ गते २०८३
images

नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ

एक्सप्रेस पाना
भाद्र २५, २०८० सोमबार
  • 514
    SHARES
  • नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ

    जानकी (बाँके), २५ भदौ : बाँकेको नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको रु २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन्।

    images

    पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत  कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन्। 

    विमानस्थलमा जाँचका क्रमममा सापकोटाले बोकेको झोलाबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो। कर अधिकृत सापकोटाका साथमा रहेका तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दिपक पौडल भने फरार भएको उहाँले बताउनुभयो। 

    images

    उक्त रकम लिएर सापकोटा श्री एयरलाइन्सको उडानबाट नेपालगञ्जदेखि काठमाडौँ जाँदै थिए। सापकोटालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। 

  • सम्बन्धित विषय:

  • # रासस