बुधबार, भाद्र २४ गते २०८३
images

एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईविरुद्ध अविश्वासको प्रस्ताव

एक्सप्रेस पाना
भाद्र २५, २०८० सोमबार
  • 654
    SHARES
  • एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईविरुद्ध अविश्वासको प्रस्ताव

    अखिल नेपाल फुटबल संघ (एन्फा) इतरपक्षले अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन्।

    images

    सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा पुगेर उनीहरूले अविश्वासको प्रस्ताव पेश गरेका हुन्। 

    संस्थापन पक्षसँग असन्तुष्ट रहेका लिग खेल्ने क्लब, जिल्ला र केन्द्रीय सदस्यहरू आइतबार त्रिपुरेश्वरस्थित न्यूरोड टिम (एनआरटी) क्लबमा जम्मा भएर हस्ताक्षर गरेका थिए।

    images

    एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा, पूर्वमहासचिव इन्द्रमान तुलाधारसहित लिग खेल्ने क्लब, जिल्ला र केन्द्रीय सदस्यहरूले एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई अविश्वासको प्रस्ताव हस्तान्तरण गरेका हुन्। 

    प्रस्तावमा ४८ जनाको हस्ताक्षर छ। एन्फा विधानको धारा ३६ (३) बमोजिम एन्फा कार्यसमितिले अविश्वासको प्रस्ताव पेश भएको मितिले ३० दिनभित्र (२३ असोज २०८० सम्म) अनिवार्य रूपमा विशेष साधारण सभाको बैठक आह्वान गर्नुपर्ने छ।

    इतरपक्षले अध्यक्ष नेम्वाङ र महासचिव राईमाथि एन्फा विधानको मर्मविपरित आफ्नो राजनीतिक सहुलियतका लागि अनलाइनमार्फत विशेष साधारणसभा बोलाउने अवैधानिक निर्णय गरेको, एन्फा विधानविपरीत विशेष साधारण सभा गर्न प्रयत्न गरेको तथा शहीद स्मारक लिग खेल्ने बहुमत क्लबले विधानअनुसार साधारण सभा गर्न माग गरेकोमा सोको समेत बेवास्ता गरिएकोलगायत विभिन्न १९ काम गर्न नसकेको आरोप लगाएका छन्।

  • सम्बन्धित विषय:

  • # फुटबल