मंगलबार, भाद्र २३ गते २०८३
images

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

एक्सप्रेस पाना
भाद्र २६, २०८० मंगलबार
  • 399
    SHARES
  • सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

    काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य स्थिर कायम रहेको जनाएको छ । महासंघका अनुसार आज मंगलबार हिजो (सोमबार)कै मूल्यमा सुनको कारोबार हुने भएको हो ।

    images

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ छ । हिजो सोमबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार ५ रुपैयाँले मूल्य बढेपछि चाँदीको कारोबार प्रतितोला १४ सय ५ रुपैयाँमा भइरहेको छ । हिजो सोमबार चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ थियो ।

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी