बुधबार, भाद्र २४ गते २०८३
images

फुटसल प्रतियोगिता: बिहिवार वडा ११, १९, १५ र ८ विजयी

एक्सप्रेस पाना
भाद्र २८, २०८० बिहीबार
  • 404
    SHARES
  • फुटसल प्रतियोगिता: बिहिवार वडा ११, १९, १५ र ८ विजयी

    काठमाडौँ, भदौ २७ । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा बिहिबार वडा नं ११, वडा नं १९, वडा नं १५ र वडा नं ८ ले जित हात पारेका छन्।

    images

    काठमाडौँ महानगरपालिकाका वडाहरु बीच लैनचौर फुटसल मैदानमा भइरहेको प्रतियोगिताको तेस्रो दिन भएको पहिलो खेलमा वडा नं ११ ले वडा नं २९ लाई १–० ले हरायो। वडा नं ११ का लागि विक्रम महर्जनले निर्णायक गोल गरे। 

    दोस्रो खेलमा वडा नं १९ ले वडा नं २ लाई टाइब्रेकरमा ३–२ ले पराजित गर्यो। निर्धारीत समयको खेल १–१ ले बारबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा निर्णय गरिएको हो। 

    images

    तेस्रो खेलमा वडा नं १५ ले वडा नं ६ लाई २–० र चौथो खेलमा वडा न ८ ले वडा नं ३१ लाई ३–२ ले हराए। विजयी चारै टिम प्रिक्वाटरफाइनलमा पुगेका छन्।

    शुक्रबार वडा नं ७ र वडा नं ३२, वडा नं १ र वडा नं २७, वडा नं २५ र वडा नं १७ तथा वडा नं २० र वडा नं ९ बीच खेल हुनेछन्। नकआउटको आधारमा भइरहेको प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ। 

    उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ। यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ।

  • सम्बन्धित विषय:

  • # फुटबल