आइतबार, कार्तिक १६ गते २०८३
images
images

केपी ओलीले माधव नेपालविरुद्ध दायर गरेको रिट कार्की र चुडालको इजलासमा

एक्सप्रेस पाना
आश्विन ४, २०७८ सोमबार
  • 366
    SHARES
  • केपी ओलीले माधव नेपालविरुद्ध दायर गरेको रिट कार्की र चुडालको इजलासमा

    असोज ४ काठमाडौं । एमालेले निष्कासन गरेका १४ जना सांसदलाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको र तिनै व्यक्तिको सनाखतबाट निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) दर्ता भएको भन्दै परेको मुद्दामा आज सुनुवाइ हुँदैछ ।

    images

    एमाले अध्यक्ष केपी ओलीले दर्ता गरेको रिट निवेदन न्यायाधीशद्वय दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

    एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र १ भदौमा संसद् सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो । तर, सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाही गरेका सांसदलाई निष्कासन गरेको सूचना टाँस गरेका थिएनन् ।

    images