शनिबार, भाद्र २७ गते २०८३
images

९ सय २० केजी गाँजासहित दुई जना नियन्त्रणमा

एक्सप्रेस पाना
आश्विन १, २०८० सोमबार
  • 505
    SHARES
  • ९ सय २० केजी गाँजासहित दुई जना नियन्त्रणमा

    भारतीय नम्बरको कन्टेनरमा फल्स बटम बनाई लुकाई छिपाई लैजाँदै गरेको करीव ९ सय २० के.जी. गाँजासहित सशस्त्र प्रहरीले भाद्र ३१ गते दुई जनालाई नियन्त्रणमा लिएको छ।

    images

    नियन्त्रणमा लिएकाहरु भारतको बलरामपुर जिल्ला बिर्तापुर घर बताउने अन्दाजी ४५ वर्षिय दुलारे यादव र ३६ वर्षिय योगेश वर्मा छन्।

    विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण मकवानपुरले उनीहरुलाई मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १० बसपार्क स्थित पूर्व–पश्चिम लोकमार्गबाट उल्लेखित गाँजासहित नियन्त्रणमा लिएको हो।

    images

    चितवनको खुरखुरेबाट बिरगंजतर्फ जाँदै गरेको एन.एल. ०१ ए.सी. २१४५ नम्बरको भारतीय कन्टेनरलाई शंका लागि जाँच गर्दा ड्राईभर साईडको भित्तामा झण्डै दुई फिट चौडाई र ६ फिट लम्बाईको फल्स बटन बनाई लुकाई छिपाई लैजाँदै गरेको उल्लेखित गाँजा फेला पारेको हो। नियन्त्रणमा लिइएकाहरु सो कन्टेनरको चालक तथा सहचालक रहेका छन्।

    नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद गाँजा तथा कन्टेनरसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाईएको छ।