शनिबार, भाद्र २७ गते २०८३
images

चोरीपैठारीको लत्ताकपडा बरामद

एक्सप्रेस पाना
आश्विन १, २०८० सोमबार
  • 392
    SHARES
  • चोरीपैठारीको लत्ताकपडा बरामद

    पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ नगवास्थित सीमा ईलाकाबाट असोज १ गते करीब १० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद भएको छ।

    images

    विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले उल्लेखित मूल्यको १० बोरा लत्ताकपडा बरामद गरेको हो।

    भारतबाट अबैध रुपले १० वटा साईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेका व्यक्ति भने टाढैबाट सुरक्षा फौजलाई देख्नासाथै सोही ठाउँमा लत्ताकपडा छाडी साईकल लिई फरार भएका थिए। बरामद लत्ताकपडा वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ।

    images