बुधबार, भाद्र २४ गते २०८३
images

हारबाट बच्यो अल हिलाल

एक्सप्रेस पाना
आश्विन २, २०८० मंगलबार
  • 292
    SHARES
  • हारबाट बच्यो अल हिलाल

    काठमाडौं । एएफसी च्याम्पियन्स लिग अन्तर्गतको पहिलो खेलमा अल हिलाल बराबरीमा रोकिएको छ।

    images

    सोमबार राति भएको समुह चरणको पहिलो खेलमा अल हिलाल उज्बेकिस्तानको क्लब नभबाहोरसँग १-१ गोलको बराबरीमा रोकिएको हो।

    अल हिलाललाई ९० मिनेटपछिको इन्जुरी समयमा अलि अल्बूलायाहीले गोल गर्दै हारबाट बचाएका थिए। यस अघि नाभोबाहोरका लागि खेलको ५२औं मिनेटमा टोमा टाबाटाजेले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए।

    images

    यो बराबरीपछि समुह डी मा रहेका अल हिलाल र नाभबाहोरले १/१ अंक बाँडेका छन्। यसै समुहमा रहेको इरानी क्लब नास्सजी माजाले भारतको मुम्बई सिटीलाई २-० गोलले पराजित गर्दै ३ अंक हासिल गरेको छ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # एएफसी च्याम्पियन्स लिग