बुधबार, भाद्र २४ गते २०८३
images

अन्तर वडा फुटसलको उपाधि वडा नं १४ लाई

एक्सप्रेस पाना
आश्विन ३, २०८० बुधबार
  • 485
    SHARES
  • अन्तर वडा फुटसलको उपाधि वडा नं १४ लाई

    काठमाडौँ, ३ असोज । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको उपाधि वडा नं १४ ले जितेको छ।

    images

    बुधबार वडा नं १३ लाई ३–२ ले हराउँदै १४ च्याम्पियन बनेको हो।

    काठमाडौँ महानगरपालिकाका वडाहरुबीच लैनचौर फुटसल मैदान सम्पन्न प्रतियोगिताको उपाधि दिलाउान वडा नं १४ का मनिष रानाभाटले गोल गरे भने दिलिप थापाले पनि एक गोल गरे। वडा नं १३ का लागि अभय राना र आसिस कपालीले गरेको गोल सान्त्वना मात्र बने । 

    images

    उपाधि विजेता वडा नं १४ ट्रफीसहित दुई लाख रुपियाँको हकदार बन्यो । उपविजेता वडा नं १३ ले एक लाख रुपियाँमा चित्त बुझायो । यसैगरी, विधागततर्फ उत्कृष्टतर्फ वडा नं १३ का आसिस कपाली सर्वश्रेष्ठ खेलाडी, वडा नं १४ का मनिष सर्वाधिक गोलकर्ता र वडा नं १४ कै विपिन थापा मगर सर्वश्रेष्ठ गोलरक्षक घोषित हुनुभयो । यी तीनै उतकृष्ट खेलाडी जनही दस हजार रुपियाँले पुरस्कृत हुनुभयो।

    विजेता वडा नं १४, उपविजेता वडा नं १३ तथा व्यक्तिगत विधामा उत्कृष्ट हुने खेलाडीलाई काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डङ्गाल र वडा नं २३ का अध्यक्ष मचाराजा महर्जनले ट्रफी, नगद पुरस्रकार तथा प्रमाणपत्र प्रदान गरेका थियो। प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिता वडा नं २३ ले आयोजना गरेको हो।

  • सम्बन्धित विषय:

  • # फुटबल