आइतबार, कार्तिक १६ गते २०८३
images
images

आक्रोसित स्थानीयले हाने बुटवल उपमहानगरपालिकाका मेयरमाथि मुक्का

एक्सप्रेस पाना
आश्विन ४, २०७८ सोमबार
  • 261
    SHARES
  • आक्रोसित स्थानीयले हाने बुटवल उपमहानगरपालिकाका मेयरमाथि मुक्का

    असोज ४ बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि हातपात भएको छ । बाढी-पहिरो पीडितबाट प्रमुख सुवेदीमाथि सोमबार हातपात भएका हो ।

    images

    मेयर सुवेदी पहिरो निरिक्षण गर्न सोमबार ज्योतिनगरको बाढी पहिरो प्रभावित क्षेत्रको भ्रमणमा तथा निरीक्षणमा पुगेका थिए । सो क्रममा पहिरो रोकथाम र पीडित जनतालाई राहात नदिएको भन्दै स्थानीयद्वारा उनीमाथि मुक्का प्रहार भएको प्रहरीले जनाएको छ ।

    लगातारको वर्षाले पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका छन् । प्रभावित क्षेत्रका स्थानीयलाई सरकारले वेवास्ता गरेको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

    images

    नेपाल प्रहरी र नगर प्रहरीसहितको टोलीकाबीच रहेपनि आक्रोशित स्थानीयले उनीमाथि मुक्का प्रहार गरेका हु्न् । आज पनि उक्त स्थानमा पहिरो गइरहेको र केही घरमा क्षतिसमेत पुगेको स्थानीयले बताएका छन् ।