शनिबार, भाद्र २७ गते २०८३
images

प्रहरीमाथि हातपात तथा दुर्व्यवहार गरेको अभियोगमा तीन जना पक्राउ

एक्सप्रेस पाना
आश्विन ४, २०८० बिहीबार
  • 315
    SHARES
  • प्रहरीमाथि हातपात तथा दुर्व्यवहार गरेको अभियोगमा तीन जना पक्राउ

    संखुवासभा । प्रहरी कर्मचारीमाथि हातपात तथा दुर्व्यवहार गरेको अभियोगमा ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। 

    images

    पक्राउ पर्नेहरुमा पाँचखपन नगरपालिका-७ विहीवारे बजार बस्ने ३२ वर्षीय महेश कटुवाल, २९ वर्षीय बसन्त कटुवाल र २४ वर्षीय बिष्णु कटुवाल रहेका छन्। 

    पाँचखपन नगरपालिका-७ विहीवारे बजारमा उनीहरुले मादक पदार्थ सेवन गरी हो-हल्ला गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले सम्झाइ बुझाइ गर्ने क्रममा प्रहरी कर्मचारी माथिनै हातपात तथा दुर्व्यवहार गरेपछि उनीहरुलाई पक्राउ गरेको हो। 

    images

    हातपात गर्दा घाइते भएका एक जना प्रहरी कर्मचारी बाना स्वास्थ्य चौकीमा उपचार पश्चात डिस्चार्ज भएका छन्। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।