आइतबार, कार्तिक १६ गते २०८३
images
images

सेयर बजारमा ठुलो पहिरो,सोमबार ११४ अंकको गिरावट

एक्सप्रेस पाना
आश्विन ४, २०७८ सोमबार
  • 321
    SHARES
  • सेयर बजारमा ठुलो पहिरो,सोमबार ११४ अंकको गिरावट

    असोज ४ काठमाडौं । सोमबार २६९८ अंकमा झरेको सेयर बजार ४ प्रतिशतले गिरावट भएको छ ।

    images

    ८ अर्ब ४९ करोड रुपैयाँको किनबिच भएको सेयर बजार ११४ अंकले पहिरो गएको छ । साथै, सबै समूहहरु राताम्मे देखिएका छन् ।

    सोमबार चार कम्पनीको मात्रै सेयर मूल्य बढेको छ। मनकामना स्मार्ट लघुवित्तको मूल्य ९.९ प्रतिशतले बढेको छ। डिप्रोक्स लघुवित्तको मूल्य २ प्रतिशत, लक्ष्मी र नयाँ सारथी लघुवित्तको मूल्य सामान्य बढेको देखिन्छ।

    images

    सोमबार बैंकिङ ५१, विकास बैंक ३३२, फाइनान्स २२९, होटल तथा पर्यटन १५८, जलविद्युत २२०, लगानी ५, जीवन बीमा ८००, निर्जीवन बीमा ६१४, माइक्रोफाइनान्स १६२, उत्पादन ९१, अन्य ७० र ब्यापार समूह १५६ अंकले घटेका छन्।

    यसैगरी गुडविल फाइनान्स, पोखरा फाइनान्स, आइसिएफसी फाइनान्स, हिमालय उर्जा विकास कम्पनी, घलेम्दी हाइड्रोपावर, प्रोग्रेसिभ फाइनान्स, युनाइटेड इदी मर्दीको मूल्य १० प्रतिशतले घटेको छ।

    सिंगटी हाइड्रोपावर, एक्सल डेभलपमेन्ट बैंक, हिमालय पावर पार्टनर, सेन्ट्रल फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र जोशी हाइड्रोपावरको मूल्य ९.९ प्रतिशतले घटेको छ।