आइतबार, कार्तिक १६ गते २०८३
images
images

केपी ओलीको मुद्दा ‘हेर्दाहेर्दै’मा

एक्सप्रेस पाना
आश्विन ४, २०७८ सोमबार
  • 436
    SHARES
  • केपी ओलीको मुद्दा ‘हेर्दाहेर्दै’मा

    असोज ४ काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले निर्वाचन आयोगसमेतलाई विपक्षी बनाइ दायर गरेको रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । 

    images

    एमालेले निष्कासन गरेका १४ जना सांसदलाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको र तिनै व्यक्तिको सनाखतबाट निर्वाचन आयोगले नेकपा(एकीकृत समाजवादी) दर्ता भएको भन्दै परेको मुद्दाको सोमबार भएको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको हो । 

    एमाले अध्यक्ष ओलीले दर्ता गरेको रिट निवेदन न्यायाधीशद्वय दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा पेसी तोकिएको थियो । 

    images

    एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र १ भदौमा संसद् सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो । तर, सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाही गरेका सांसदलाई निष्कासन गरेको सूचना टाँस गरेका थिएनन् ।