बुधबार, भाद्र २४ गते २०८३
images

रेखाको गोलमा बंगलादेशसँग हारबाट जोगियो नेपाल

एक्सप्रेस पाना
आश्विन ११, २०८० बिहीबार
  • 667
    SHARES
  • रेखाको गोलमा बंगलादेशसँग हारबाट जोगियो नेपाल

    काठमाडौं । नेपालले चीनको हाङ्गओमा जारी १९औं एसियाली खेलकुदमा बंगलादेशसँग बराबरी खेलेको छ। 

    images

    चीनको वानझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा भएको खेलमा नेपाल र बंगलादेशले १-१ को बराबरी खेलेका हुन् । नेपालको लागि रेखा पौडेल र बंगलादेशका लागि सविना खातुनले गोल गरिन्।

    पहिलो हाफमा नै बंगलादेशले अग्रता लिएको थियो। पहिलो हाफको अन्तिम समय ४४ औं मिनेटमा बंगलादेशकी सविना खातुनले गोल गर्दै १-० को अग्रता दिलाएकी थिइन्। 

    images

    तर, नेपालको लागि ८३औं मिनेटमा रेखा पौडेलले गोल गर्दै बराबरी गरेकी थिइन्। सावित्रा भण्डारीले दिएको पासलाई रेखाले हेड गर्दै गोलमा परिणतका साथ बराबरीमा पुर्याएकी थिइन्।

    यो सँगै यसअघिका दुबै खेल हारेको नेपाल र बंगलादेश जारी प्रतियोगिताबाट बाहिरिसकेका छन्।

    यसअघि नेपाल समूह चरणको आफ्नो पहिलो खेलमा नेपाल भियतनामसँग २-० र अर्को खेलमा जापानसँग ८-० ले पराजित भएको थियो।

    बंगलादेशले पहिलो खेलमा जापानसँग ८-० हार बेहोरेको बंगलादेशले भियतनामसँगको खेल ६-१ ले पराजित भएको थियो।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # १९औं एसियाली खेलकुद