आइतबार, कार्तिक १६ गते २०८३
images
images

पशुपन्छी विकास कार्यालयमा मन्त्री भुसालको छड्के अनुगमन

एक्सप्रेस पाना
आश्विन १२, २०८० शुक्रबार
  • 298
    SHARES
  • पशुपन्छी विकास कार्यालयमा मन्त्री भुसालको छड्के अनुगमन

    काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले पशुपन्छी विकास अन्तर्गतका केन्द्रीय कार्यालयहरुको छड्के अनुगमन गरेका छन्।

    images

    मन्त्री भुसालले काठमाडौँस्थित त्रिपुरेश्वरमा रहेका केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोशाला, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, केन्द्रीय रिफरल पशु चिकित्सालय, नेपाल पशु चिकित्सा परिषदको छड्के अनुगमन गरेका हुन्।

    कार्यालय समयमै छड्के अनुगमनमा निस्किएका मन्त्री भुसालले आजसम्म भएगरेका काम कारबाहीबारे जानकारी लिदैँ तत्कालै गर्नुपर्ने काम गर्न कर्मचारीदाई निर्देशन दिएका छन्।

    images

    देशभरका पशुपन्छीमा लाग्ने रोग, चाहिने खोप, विरामी पशुपन्छीको उपचार लगायतका क्षेत्रमा यी कार्यालयले काम गर्दै आएका छन्। लम्पी स्किन रोगको कारण देशभरका पशुमा क्षति पुगिरहेको बेला यस रोगको निदानका लागि के कस्ता प्रयास भएका छन् मन्त्री भुसालले चासो राखेका थिए।
    लम्पी स्किन रोगको नियन्त्रणका लागि भ्याक्सिन अनिवार्य भएको र यसको खोप उत्पादन गर्ने गरी राष्ट्रिय खोप उत्पादन प्रयोगशालाले काम गरिरहेको कार्यालयका प्रमुख पशु चिकित्सक डा. टंक प्रसाद प्रसाईले जानकारी गराए।

    No description available.

    लम्पी स्किन रोगको नियन्त्रणका लागि कार्यालयले भ्याक्सिन उत्पादनका लागि चाहिने आवश्यक पूर्वाधार बनाइसकेको डा. प्रसाईले बताए। मन्त्री भुसालले भ्याक्सिन उत्पादनका लागि चाहिने आवश्यक सिड भाइरस भारतबाट ल्याउने प्रक्रिया अगाडि बढेको जानकारी गराए। भारतबाट सिड भाइरस ल्याएपछि प्रयोगशालाले लम्पी स्किन रोगको भ्याक्सिन तयार गर्नेछ। यो काम दशै अगावै गर्ने गरी काममा लाग्न कर्मचारीलाई मन्त्री भुसालले निर्देशन दिएका छन्। साथै मन्त्री भुसालले पशुपन्छीमा लाग्ने अन्य रोगको खोप उत्पादन सम्बन्धि वस्तुस्थिति, पशुपन्छीको रोग निदान गर्ने प्रयोगशालाको भौतिक पूर्वाधारको अवस्था, आवश्यक जनशक्तिको अवस्था, प्रयोगशालामा सञ्चालनमा नआएका मेसिनको अवस्थाबारे जानकारी लिएको पशु चिकित्सक पूर्ण बहादुर बुढाले बताए। 

    मन्त्री भुसालले तत्काल प्रयोगमा नआएका मेसिनलाई तत्काल प्रयोग गर्नुपर्ने र अन्य समस्या भए आफूलाई तत्कालै गर्नुपर्ने कामको बारेमा औपचारिक रुपमा जानकारी दिन आग्रह गरे। अपुग स्रोत साधनको तत्काल पूर्ती गरी पशुपन्छीको क्षेत्रको कामलाई अगाडी बढाउनुपर्नेमा मन्त्री भुसालले जोड दिएका छन्।