शनिबार, भाद्र २७ गते २०८३
images

काठमाडौं साक्षर जिल्ला घोषणा

एक्सप्रेस पाना
आश्विन ४, २०७८ सोमबार
  • 678
    SHARES
  • काठमाडौं साक्षर जिल्ला घोषणा

    असोज ४ काठमाडौं । काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । सोमबार वागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गर्नुभएको हो । काठमाडौंमा आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री सुवेदीले काठमाडौं जिल्लाको साक्षरता प्रतिशत ९६.८८ प्रतिशत रहेको भन्दै काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको बताएका छन् ।

    images

    उनले काठमाडौं जिल्लालाई साक्षर बनाउँदा धेरै खुशी मिलेको भन्दै जिल्लालाई अझै पूर्ण साक्षर बनाउनमा लागि पर्ने बताए । शिक्षा विकास निर्देशनालयका निर्देशक चन्द्रप्रसाद लुइँटेलले शिक्षामा व्यवस्थापकीय चुनौति रहेको बताए । 

    १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित भएका क्षेत्र एवं, जिल्ला र राष्ट्रलाई साक्षर घोषणा गर्न सकिने शिक्षा मन्त्रालयको नीतिगत निर्णय छ । सोही अनुरुप सोमबार काठमाडौँ जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो ।

    images