३१ असार, काठमाडौं । निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै छ ।
त्यसका लागि आज ९बिहीबार० अपराह्न चार बजे तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
ललितपुरका प्रमुख जिल्ला अधिकारीले भने लामो दूरीका सार्वजनिक सवारीलाई जोर बिजोर प्रणालीमा चलाउन दिने कि भन्ने विषयमा छलफल हुने बताए ।
‘लामो दूरीका गाडी पनि खोल्ने कि भन्ने विषयमा मैले हिजो ९बुधबार० मन्त्रीज्यूसँग कुरा राखेको छु, यात्रुलाई सास्ती भयो, विभिन्न बहानामा बढी भाडा असुल्ने काम भइरहको छ, त्यसैले जोरबिजोर गरेर लामो दूरीका यातायात पनि खोल्नुपर्ने हो कि भनेर मैले कुरा राखेको छु,’ प्रमुख जिल्ला अधिकारी निरौलाले भने, ‘तर यो त बाहिरी जिल्लासँग सम्बन्धित कुरा भयो, यो विषयमा त सीसीएसमीले नै निर्णय गर्ने हो, अब के गर्ने भन्ने विषयमा आज छलफल गर्छौं।’
काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातका साधनमा यसअघि लगाइएको जोरबिजोर प्रणालीको नियम हटाइसकिएको छ भने बाहिरबाट आउने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातलाई पासको व्यवस्था गरी उपत्यका भित्रिन दिइएको छ ।
उपत्यकाभित्र भने सार्वजनिक यातायात यस अघिदेखि नै सञ्चालन भइरहेको छ। काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञाको अवधि आज राति १२ पछि सकिंदैछ ।
.jpg)

