बुधबार, भाद्र २४ गते २०८३
images

नेपालले दियो माल्दिभ्सलाई २१३ रनको लक्ष्य

एक्सप्रेस पाना
आश्विन १४, २०८० आइतबार
  • 369
    SHARES
  • नेपालले दियो माल्दिभ्सलाई २१३ रनको लक्ष्य

    काठमाडौँ । एशियन गेम्समा नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ। 

    images

    टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २१२ रन बनाएको हो। 

    नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक २७ बलमा ५२ रन बनाएका थिए। त्यस्तै कुशल मल्लले २० बलमा अविजित ४७ रन बनाए भने कुशल भुर्तेलले ३५ रन बनाएका थिए। त्यस्तै गुलशन झाले पनि २१ बलमा ३५ रन बनाएका थिए। 

    images

    त्यसैगरी आसिफ सेखले ६, बिनोद भण्डारीले १३, सन्दीप जोराले ५, दिपेन्द्र सिंह ऐरीले ६ तथा सोमपाल कामीले अविजित १ रन बनाएका थिए। 

    नेपाल र माल्दिभ्सले यस अघि एक एक खेल जितेका छन् र यस खेलको विजेता क्वाटरफाइनलमा पुग्ने छ।     

  • सम्बन्धित विषय:

  • # क्रिकेट