बुधबार, भाद्र २४ गते २०८३
images

माल्दिभ्सलाई हराउँदै नेपाल एशियन गेम्सको क्वाटरफाइनलमा

एक्सप्रेस पाना
आश्विन १४, २०८० आइतबार
  • 354
    SHARES
  • माल्दिभ्सलाई हराउँदै नेपाल एशियन गेम्सको क्वाटरफाइनलमा

    काठमाडौँ । चीनमा जारी १९औं एशियन गेम्सको क्रिकेट अन्तर्गत नेपाल क्वाटरफाइनलमा पुगेको छ।

    images

    समुह चरणको खेलमा माल्दिभ्सलाई १३८ रनले पराजित गर्दै नेपालले क्वाटरफाइनलमा प्रवेश गरेको हो।

    नेपालले दिएको २१३ रनको लक्ष्य पछाएको माल्दिभ्सले १९.४ ओभरमा अलआउट हुँदै ७४ रन बनाएको थियो।

    images

    माल्दिभ्सविरुद्ध नेपाली बलर अविनाश बोहोराले सर्बाधिक ६ विकेट लिएका थिए। अविनाशले ३.४ ओभरमा ११ रन दिएर ६ विकेट लिएका थिए।

    त्यसैगरी कुशल भुर्तेल, सोमपाल कामी, सन्दीप लामिछाने र गुलशन झाले एक एक विकेट लिएका थिए।

    यस अघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१२ रन बनाएको थियो।

    नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ५२ रन बनाएका थिए। उनले २७ बलमा ५२ रन बनाएका हुन्। त्यस्तै कुशल मल्लले २० बलमा अविजित ४७ रन बनाए भने कुशल भुर्तेलले ३५ रन बनाएका थिए। त्यस्तै गुलशन झाले पनि २१ बलमा ३५ रन बनाएका थिए। 

    त्यसैगरी आसिफ सेखले ६, बिनोद भण्डारीले १३, सन्दीप जोराले ५, दिपेन्द्र सिंह ऐरीले ६ तथा सोमपाल कामीले अविजित १ रन बनाएका थिए। 

    त्यसअघि नेपालले आफ्नो पहिलो खेलमा मंगोलियालाई २७३ रनले हराउँदै इतिहास रचेको थियो। उक्त खेलमा नेपालका लागि कुशल मल्ले ३४ बलमा शतक पूरा गरेका थिए भने दिपेन्द्र सिंह ऐरीले ९ बलमा अर्धशतक प्रहार गरेका थिए।

  • सम्बन्धित विषय:

  • # क्रिकेट