आइतबार, कार्तिक १६ गते २०८३
images
images

बिषादी परिक्षणमा कडाइ गर्न मन्त्री भुसालको निर्देशन

एक्सप्रेस पाना
आश्विन १४, २०८० आइतबार
  • 383
    SHARES
  • बिषादी परिक्षणमा कडाइ गर्न मन्त्री भुसालको निर्देशन

    झापा । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले झापा स्थित विभिन्न कार्यालयको अनुगमन एंव निरीक्षण गरेका छन्।

    images

    झापा कांकडभिट्टा स्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, पशु क्वारेन्टाइन र प्लान्ट क्वारेन्टाइन कार्यालयको मन्त्री भुसालले आज अनुगमन एंव निरीक्षण गरेका हुन्।

    मन्त्री भुसालका स्वकीय सचीव सुशील भट्टराईका अनुसार यी विभिन्न कार्यालयको अनुगमन एंव निरीक्षण गर्दै मन्त्री भुसालले अबैध खाद्य एंव बस्तुको आयातमा कडाइ गर्न निर्देशन दिए। 

    images

    यी कार्यालयहरुबाट हुने आयात निर्यातको बारेमा जानकारी लिदै मन्त्री भुसालले बिषादी परिक्षण बिना कुनै पनि खाद्य बस्तु आयात नगर्न कडा निर्देशन दिए। 

    अबैध समान एंव बस्तु आयातमा कडाइ गर्न निर्देशन दिदै मन्त्री भुसालले कमजोरी गर्ने, ढिलासुस्ती गर्ने, मनोमानी गर्ने, नियम र कानुन अनुसार काम नगर्ने कर्मचारीलाई कानुन अनुसार कारवाही हुने कडा निर्देशन समेत दिए। 

    बिषादी परिक्षणमा जसरी पनि कडाइ गर्नु पर्ने बताउदै उनले अबैध समान एंव बस्तुको आयातमा रोक लगाउनु पर्ने बताए। 

    अनुगमन एंव निरीक्षण गर्दै मन्त्री भुसालले उक्त कार्यालयहरुबाट अहिले सम्म भएका काम कारवाहीबारे जानकारी समेत लिएका छन्।  

    अपुग स्रोत साधनको तत्काल पूर्ती गरी पशुपन्छीको क्षेत्रको कामलाई अगाडी बढाउनुपर्नेमा मन्त्री भुसालले जोड दिएका छन्।