असोज ५ काठमाडौं । प्रत्येक वर्ष २१ सेप्टेम्बरका अवसरमा मनाइने अन्तर्राष्ट्रिय शान्ति दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ ।
सन् १९८१ मा संयुक्त राष्ट्रसङ्घ महासभा सुरु भएको दिन पारेर राष्ट्रसंघद्वारा प्रस्ताव पारित गरी राष्ट्रसंघ महासभा सुरु हुने सेप्टेम्बर महिनाको तेस्रो मंगलबारका दिन शान्ति दिवस मनाउने निर्णयअनुरुप सन् १९८२ को सेप्टेम्बरमा पहिलो शान्ति दिवस मनाइएको थियो । सन् २००२ मा भएको संयुक्त राष्ट्रसङ्घ महासभाले सेप्टेम्बर २१ लाई स्थायी रुपमा अन्तर्राष्ट्रिय शान्ति दिवस घोषणा गरेको थियो ।
आणविक अस्त्रको विकास, परीक्षण, उत्पादनरनिर्माण, भण्डारण आदिलाई निषेध गरेको आणविक हतियार निषेध सन्धि २०२१ जनवरी २२ बाट लागू भइसकेको छ । ८६ राष्ट्रले हस्ताक्षर गरिसकेको र ५५ राष्ट्रद्वारा अनुमोदित यो महासन्धिमा नेपालले २० सेप्टेम्बर २०१७ मै हस्ताक्षर गरे पनि अझैसम्म अनुमोदन गरेको छैन ।


