शनिबार, भाद्र २७ गते २०८३
images

सप्तरीबाट १ सय वटा रेडियो सेट बरामद

एक्सप्रेस पाना
आश्विन १४, २०८० आइतबार
  • 379
    SHARES
  • सप्तरीबाट १ सय वटा रेडियो सेट बरामद

    सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका २ मोहनपुरबाट असोज १४ गते करीव ८ लाख रुपैयाँ बराबरको चोरीपैठारीको रेडियो सेट (Walkie Talkie) बरामद भएको छ ।

    images

    भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्यको १ सय वटा Portable Walkie Talkie Hand Set सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ताले
    बरामद गरेको हो। उक्त सेट ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई टाढैबाट देख्नासाथै फरार भएका थिए। विशेष गरी सुरक्षाकर्मीले प्रयोग गर्ने रेडियो सेट के प्रयोजनको लागि ल्याइएको थियो भन्ने खुल्न सकेको छैन।

    यसैगरी सोही जिल्लाको बलानविहुल गाउँपालिका ४ बेल्ही स्थित सीमा ईलाकाबाट असोज १२ गते करीव २ लाख २५ हजार रुपैयाँ बरारको चोरीपैठारीको एक थान प्रिन्टर मेसीन र एउटा मोटरसाईकल नियन्त्रणमा लिइएको छ। भारतीय नम्बर प्लेटको मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको प्रिन्टर मेसीनसहितको मोटरसाईकल बिओपी बेल्हीले नियन्त्रणमा लिएको हो।

    images

    बरामद रेडियो सेट, प्रिन्टर मेसीन र मोटरसाईकल आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालय बेल्ही तिलाठीमा बुझाईएको छ।