बुधबार, भाद्र २४ गते २०८३
images

महिला कबड्डीमा नेपाल इरानसँग पराजित

एक्सप्रेस पाना
आश्विन १६, २०८० मंगलबार
  • 242
    SHARES
  • महिला कबड्डीमा नेपाल इरानसँग पराजित

    काठमाडौँ । चीनमा जारी १९औं एशियन गेम्सको महिला कबड्डीमा नेपाल इरानसँग ४३-१९ ले पराजित भएको छ।

    images

    इरान पछिल्लो एसियाली खेलकुदको महिला कबड्डीमा स्वर्ण पदक विजेता हो। यो जितपछि इरान प्रतियोगिताको सेमिफाइनल पुग्ने पनि निश्चित भएको छ।

    नेपालले यसअघि समूह बी को खेलमा बंगलादेशलाई हराएको थियो। इरानविरुद्धको खेल गुमाए पनि प्रतियोगितामा नेपाल सेमिफाइनलमा पुग्ने र पदक जित्ने सम्भावना कायमै रहेको छ।

    images

    समूहको अन्तिम खेलमा इरानले बंगलादेशको बुधबार सामना गर्दैछ र त्यस खेलको नतिजापछि नेपाल सेमिफाइनलमा पुग्ने अवस्था स्पष्ट हुने छ।

  • सम्बन्धित विषय:

  • # १९औं एसियाली खेलकुद