काठमाडौं । इन्द्रजात्रा हेर्न काठमाडौंको न्युरोड पुगेका एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ।
धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका ओखलढुंगा लिखु गाउँपालिका–४ घर भई हाल क्षेत्रपाटी बस्दै आएका १७ वर्षीय सनी कार्कीको अस्पताल पुर्याउँदा पुर्याउँदै मृत्यु भएको हो।
सोमबार राति साढे ११ बजे जात्रा हेर्न न्युरोड पुगेका उनीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको उनले बताए।


