बुधबार, भाद्र २४ गते २०८३
images

प्रिमियर लिग : फुलहममाथि चेल्सीको जित

एक्सप्रेस पाना
आश्विन १६, २०८० मंगलबार
  • 466
    SHARES
  • प्रिमियर लिग : फुलहममाथि चेल्सीको जित

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्लसीले फुलहमलाई पराजित गरेको छ।

    images

    सोमबार राति भएको खेलमा पाहुना टोली चेल्सीले फुलहमलाई उसैको मैदानमा दुई शून्य गोलले पराजित गरेको हो।

    पाहुना टोली चेल्सीको जितमा मिखाइलो मुड्रिक र अर्मान्डो ब्रोजाले समान १/१ गोल गोल गरे। यी दुबै गोल पहिलो हाफको १८औं र १९औं मिनेटमा भएको थियो। 

    images

    त्यसपछि बाँकी समय कुनै टोलीबाट थप गोल हुँन सकेन। यो सँगै चेल्सी जारी सिजनको प्रिमियर लिगमा दोस्रो जित निकालेको छ। चेल्सीले पछिल्लो ५ खेलमा निकालेको यो नै पहिलो जित हो।

    चेल्सीले ७ खेलमा समान २/२ जित र बराबरी तथा ३ खेलमा पराजित हुँदै ८ अंक जोडेर अंक तालिकाको ११औं स्थानमा उक्लिएको छ। यता पराजित फुलहमको पनि समान ७ खेलबाट ८ अंक नै रहेको छ भने ऊ अंक तालिकाको १३औं स्थानमा झरेको छ। 

  • सम्बन्धित विषय:

  • # फुटबल