बुधबार, भाद्र २४ गते २०८३
images

घरेलु मैदानमै हार्यो म्यान्चेस्टर युनाईटेड

एक्सप्रेस पाना
आश्विन १७, २०८० बुधबार
  • 316
    SHARES
  • घरेलु मैदानमै हार्यो म्यान्चेस्टर युनाईटेड

    काठमाडौँ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा टर्की क्लब गालाटासारेसँग घरेलु मैदानमै पराजित भएको छ।

    images

    यो सँगै युनाइटेडले लगातार दोस्रो हार बेहोरेको छ। मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई गालाटासारेले ३-२ गोल अन्तरले पराजित गरेको हो।

    गालाटासारेको जितमा विलफ्राइड जाहा, मुहमद केरेम र माउरो इकार्डीले १/१ गोल गरेका थिए। त्यस्तै म्यानचेस्टर युनाइटेडका लागि भने रासमस होजलण्डले दुवै गोल गरेका थिए।

    images

    यस खेलमा खेलको ७७औं मिनेटमा घरेलु टोली युनाइटेडका क्यासेमोरोले रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा खेलेको थियो।

    यो जितसँगै समुह ए मा गालाटासारेको २ खेलमा ४ अंक भएको छ र समुहमा दोस्रो स्थानमा रहेको छ।

    त्यसैगरी म्यानचेस्टर युनाइटेडले भने लगातार दोस्रो हार बेहोरेदै २ खेलमा अंकविहिन रहेको छ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # च्याम्पियन्स लिग