शनिबार, भाद्र २७ गते २०८३
images

आज कहाँ कहाँ भारी वर्षाको सम्भावना ?

एक्सप्रेस पाना
आश्विन ५, २०७८ मंगलबार
  • 434
    SHARES
  • आज कहाँ कहाँ भारी वर्षाको सम्भावना ?

    असोज ५ काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरिएको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    images

    मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका केही स्थानहरुमा र अन्य प्रदेशहरूका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    हाल लुम्बिनी प्रदेशका केही स्थानहरु, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा भइरहेको छ । राति बागमती, गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले प्रक्षेपण गरेको छ ।  

    images

    हाल भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको र मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा हल्का तल रहेको महाशाखाले जनाएको छ ।