बुधबार, भाद्र २४ गते २०८३
images

पिएसजीमाथि न्यूक्यासलको सहज जित

एक्सप्रेस पाना
आश्विन १८, २०८० बिहीबार
  • 299
    SHARES
  • पिएसजीमाथि न्यूक्यासलको सहज जित

    काठमाडौं । यूरोपको सबैभदा ठूलो क्लब फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब न्युक्यासल युनाइटेडले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)लाई पराजित गरेको हो।

    images

    बुधबार राति भएको खेलमा घरेलु टोली न्युक्यासलले पाहुना टोली पीएसजीलाई ४-१ गोलले पराजित गरेको हो। 

    न्युक्यासलको जितमा मिगुएल अल्मिरोन, डान बर्न, सीन लंगस्टाफ र फाबियन चारले १/१ गोल गरे। यता पिएसजीका लागि लुकास हर्नानडेजले १ गोल गरेका थिए।

    images

    यो जितसँगै न्यूक्यासलले यस सिजनको च्याम्पियन्स लिगमा पहिलो जित निकालेको छ। जारी सिजन न्यूक्यासलको २ खेलमा ४ अंकसहित समुहको शीर्ष स्थानमा छ।

    यता पराजित पिएसजीको २ खेलबाट ३ अंकसहित समुहमा दोस्रो स्थानमा रहेको छ। यसैबीच यस समुहमा रहेका एसी मिलान र डोर्टमण्डले गोलरहित बराबरी खेल्दै एक एक अंक बाँडेका छन्। मिलानको २ खेलमा २ अंक भएको छ र डोर्टमण्डको २ खेलमा एक अंक रहेको छ।

    अन्य खेलको नतिजा 
    बोरूसिया डर्डमुन्ड (०-०) एसी मिलान
    आरबी लेइपजिंग (१-३) म्यान्चेस्टर सिटी
    रेड स्टार (२-२) बीएससी युङ्ग ब्वाइज
    एफसी पोर्टो (०-१) बार्सिलोना

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # च्याम्पियन्स लिग