बुधबार, भाद्र २४ गते २०८३
images

नेपाली टोली स्वदेश फिर्ता

एक्सप्रेस पाना
आश्विन १८, २०८० बिहीबार
  • 349
    SHARES
  • नेपाली टोली स्वदेश फिर्ता

    काठमाडौं । एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ।

    images

    स्वदेश फर्किएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कप्तान रोहितकुमार पौडेलले सोचेजस्तो नतिजा नआएपनि खेल राम्रो भएको बताएका छन्।

    समूह चरणको पहिलो खेलमा मंगोलियालाई २७३ रनले हराएको नेपालले दोस्रो खेलमा मल्दिभ्सलाई १३८ रनले हराउँदै क्वाटरफाइनलमा पुगेको नेपाल भारतसँग २३ रनले पराजित हुँदै बहिरिएको थियो। 

    images

    एशियन गेम्समा पदक नजितेपनि नेपालले कैयौं विश्व किर्तिमान आफ्नो नाममा गरेर फर्किएको हो।

     स्वदेश पर्किएको नेपाली क्रिकेट टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्याण्ड बाजासहित स्वागत गरिएको थियो।

  • सम्बन्धित विषय:

  • # क्रिकेट