आइतबार, कार्तिक १६ गते २०८३
images
images

नागरिक उड्डयन प्राधिकरणमा ठूलो संख्यामा कर्मचारी माग 

एक्सप्रेस पाना
आषाढ ३१, २०७८ बिहीबार
  • 306
    SHARES
  • नागरिक उड्डयन प्राधिकरणमा ठूलो संख्यामा कर्मचारी माग 

    ३१ असार, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणमा एकसाथ ठूलो संख्यामा कर्मचारी माग भएको छ । 
    प्राधिकरणले खुला तथा समावेशी विधिबाट स्थायी पदपूर्ति हुने गरी कुल १६४ जना नयाँ रोजगारीका लागि विभिन्न पदमा आवेदन माग गरेको छ ।
    प्राधिकरणले आन्तरिक र खुला दुबै प्रतिस्पर्धाका लागि आवेदन माग गरेको हो । खुलातर्फ मात्र १६४ नयाँ भर्ना गर्न लागिएको हो ।प्रशासनमा सबैभन्दा धेरै ७ अधिकृतको माग गरिएको छ । प्राधिकरणले खुला प्रतिस्पर्धामा कुल ३४ पदमा नयाँ भर्ना गर्न लागेको हो । आन्तरिक प्रतिस्पर्धाबाट भने विभिन्न २७ पदमा पदपूर्ति गर्न लागिएको छ ।
    यस समूहमा १९ खुला, ५ महिला, ४ आदिवासी जनजाति, ३ मधेसी, १ दलित, १ अपांग र १ पिछडिएको क्षेत्रका लागि आरक्षण गरिएको छ । प्राविधिक समूहको एर ट्राफिक सर्भिसेसतर्फ यी अधिकृतहरु मागिएको छ ।
    एयर फायर सर्भिसेसमा समेत प्राधिकरणले १८ जना नयाँ भर्ना गर्न लागेको हो । चौथो तहका सहायक यो पदमा खुलाबाट १० र समावेशीबाट अन्य पदमा भर्ना गरिने छ । सिभिल र मेकानिकल इन्जिनियरिङतर्फ ३र३ जना वरिष्ठ अधिकृत, प्रशासन, कानून, पुस्तकालय, व्यापार प्रशासन, लेखा, प्राधिकरणका अनुसार तह ४ का लागि ४ सय र ९ तहका लागि ९ सय रुपैयाँ आवेदन शुल्क तोकिएको दरखास्त दिने मिति २० साउनसम्म तोकिएको छ ।
     तोकिएको अन्तिम दिनपछिको सात दिन भने दोब्बर दस्तुर तिरेर फारम भर्न सकिने गरि अवधि राखिएको छ ।
    राजस्व र सीएतर्फ समेत अधिकृत तहमा आवेदन माग गरएको छ ।
    प्राधिकरणको यो प्रतियोगिताका लागि अनलाइनबाट समेत आवेदन दिन सकिने छ । प्राधिकरणको वेवसाइटमा राखिएको जब अप्लिकेशनमा गई आफुले दिन चाहेको पदमा आवेदन फारम भर्न सकिनेछ छ । 

    images