काठमाडौं । संसदमा विद्यालय शिक्षा विधेयक, २०८० माथि सैद्धान्तिक छलफल सुरु भएको छ।
प्रतिनिधिसभाको जारी बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको हो।
यसअघि शुक्रबारकै बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।
उक्त प्रस्ताव प्रस्तुत भएसँगै विधेयकमाथि सैद्धान्तिक छलफल सुरु गरिएको हो।


