बुधबार, भाद्र २४ गते २०८३
images

आर्सनलले म्यानचेस्टर सिटीलाई हरायो

एक्सप्रेस पाना
आश्विन २२, २०८० सोमबार
  • 376
    SHARES
  • आर्सनलले म्यानचेस्टर सिटीलाई हरायो

    काठमाडौं । साविकको विजेता म्यानचेस्टर सिटीलाई आर्सनलले हराएको छ।

    images

    आइतबार राती भएको इंग्लिस प्रिमियर लिग अन्तर्गत आठौं साताको खेलमा घरेलु टोली आर्सनलले पाहुना टोली म्यानचेस्टर सिटीलाई १-० गोलले पराजित गरेको हो। 

    निकै रोमाञ्चक बनेको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

    images

    आर्सनलको जितमा खेलको ८६औँ मिनेटमा गाब्रियल मार्टिनेलीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।

    यो जितसँगै आर्सनलको ८ खेलमा २० अंक भएको छ र लिगमा दोस्रो स्थानमा छ। त्यसैगरी म्यानचेस्टर सिटीले भने यस सिजनमा दोस्रो हार बेहोरेको छ। ८ खेलमा १८ अंकसहित सिटी तेस्रो स्थानमा रहेको छ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # इंग्लिस प्रिमियर लिग