आइतबार, कार्तिक १६ गते २०८३
images
images

आज सुनको मूल्यमा ३ सयले वृद्धि

एक्सप्रेस पाना
आश्विन ५, २०७८ मंगलबार
  • 292
    SHARES
  • आज सुनको मूल्यमा ३ सयले वृद्धि

    असोज ५ काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार नेपालको स्थानिय बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । हिजो सोमबार सुनको मूल्य एकै दिन प्रतितोला एक हजार रुपैयाँले घटेको थियो । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज भने सुनको भाउ बढेको हो ।

    images

    जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार २०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ७५० रुपैयाँ तोकिएको महासंघले बताएको छ । छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ९०० र तेजाबी सुनको मूल्य ८८ हजार ४५० रुपैयाँमा आइपुगेको थियो । 

    आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको महासंघले जनाएको छ । आज  चाँदीको कारोबार प्रतितोला १ हजार १४० रुपैयाँमा भइरहेको महासंघले बताएको छ ।

    images