बुधबार, भाद्र २४ गते २०८३
images

इजरायलबाट सकुशल काठमाडौँ फर्किइन् साम्बा

एक्सप्रेस पाना
आश्विन २५, २०८० बिहीबार
  • 267
    SHARES
  • इजरायलबाट सकुशल काठमाडौँ फर्किइन् साम्बा

    काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) सकुशल काठमाडौँ फर्किएकी छन्।

    images

    लिग खेल्न इजरायलमा रहेकी साम्बाले आफु गएराती सकुशल काठमाडौँ फर्किएको जानकारी दिएकी हुन्। 

    सावित्रा हाल इजरायली क्लब होपोएल रानानाबाट व्यावसायिक फुटबल खेलिरहेकी छन्। चीनको हाङचोउमा सम्पन्न एसियाली खेलकुदमा सहभागी भएर फर्किएलगत्तै सावित्रा क्लबमा फर्किएकी थिइन्।

    images

    इजरायलमा हमासको आक्रमणपछि सबै खेल गतिबिधि स्थगित भएपछि उनी तेल अभिभस्थित नेपाली दूतावासमा कार्यरत कर्मचारीसँगै रहेकी थिइन्।

    उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा एन्फाका प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिए।

  • सम्बन्धित विषय:

  • # फुटबल