आइतबार, कार्तिक १६ गते २०८३
images
images

राष्ट्रिय सभाको बैठक ७ असोजमा बस्ने

एक्सप्रेस पाना
आश्विन ५, २०७८ मंगलबार
  • 268
    SHARES
  • राष्ट्रिय सभाको बैठक ७ असोजमा बस्ने

    असोज ५ काठमाडौं । राष्ट्रिय सभाको अर्को बैठक ७ असोजमा बस्ने भएको छ । मंगलबारको बैठक ७ असोजसम्मका लागि स्थगित गरिएको हो। एमाले सांसदले बैठक चल्न नसक्ने बताए पनि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका थिए ।

    images

    सो बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । र सो प्रस्तावमाथिको छलफल ७ असोजलाई मिति तोकेका सभाध्यक्ष तिमिल्सिनाले अर्को बैठक ७ असोज दिउँसो २ बजे बस्ने जानकारी दिएका हुन् । 

    मंगलबार बसेको पहिलो बैठकमा एमालेका सांसदहरूले अवरोध सृजना गरेका थिए । त्यसपछि बैठकलाई १५ मिनेटका लागि स्थगित गरिएको थियो । 

    images

    दोस्रो बैठकलाई एमाले सांसदहरूले उठेर अवरोध सृजना गरे पनि कार्यसूचीमा प्रवेश गराएर प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरिएको हो ।