बुधबार, भाद्र २४ गते २०८३
images

विश्वकप छनोट: आज नेपाल र लाओसको भिडन्त

एक्सप्रेस पाना
आश्विन ३०, २०८० मंगलबार
  • 404
    SHARES
  • विश्वकप छनोट: आज नेपाल र लाओसको भिडन्त

    काठमाडौँ । सन् २०२६ को फिफा विश्वकपको छनोट अन्तर्गत एशियन जोनको पहिलो चरणको अवे खेलमा नेपालले आज लाओसको सामना गर्दैछ।  

    images

    पहिलो चरणको काठमाडौँमा सम्पन्न पहिलो लिगमा नेपाल र लाओसले १(१ गोलको बराबरी खेलेका थिए। लाओसमा हुने यो खेल नेपाली समय अनुसार ५स्४५ बजेदेखि शुरु हुने छ।

    लाओसविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टिममा गोलकिपरः किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल रहेका छन् भने डिफेन्डरमा सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट रहेका छन्।

    images

    त्यसैगरी मिडफिल्डरमा सुदीप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छिन्जु, मनिष डाँगी रहेका छन् भने फरवार्डमा अन्जन विष्ट, आयुष घलान, गिलेस्पे जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया र सञ्जीव विष्ट रहेका छन् ।

    लाओस फिफा वरियतामा नेपालभन्दा पछाडी रहेको छ ।  लाओस अहिले फिफाको वरियतामा १८६औ स्थानमा छ भने नेपाल १७५औ स्थानमा रहेको छ ।  

    यो खेलको विजेताले एशिया क्षेत्रको छनौटको दोस्रो चरणमा समुह एचमा स्थान बनाउने छ। जसमा युएइ र बहराइन रहेका छन् भने चौथो देश यमन र श्रीलंकाबीचको विजेता हुने छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल