बुधबार, भाद्र २४ गते २०८३
images

लाओसलाई उसैको मैदानमा हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा

एक्सप्रेस पाना
आश्विन ३०, २०८० मंगलबार
  • 331
    SHARES
  • लाओसलाई उसैको मैदानमा हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा

    काठमाडौँ । फिफा विश्वकपको छनोट अन्तर्गत एशियन जोनको पहिलो चरणको अवे खेलमा लाओसलाई नेपालले उसैको मैदानमा पराजित गरेको छ।

    images

    लाओसमा भएको खेलमा नेपालले १–० गोलले पराजित गरेको हो। नेपालको जितमा खेलको ५३औं मिनेटमा मनिष डाँगीले गरेको गोल नै निर्णायक बन्यो।

    पहिलो चरणको काठमाडौँमा सम्पन्न पहिलो लिगमा नेपाल र लाओसले १–१ गोलको बराबरी खेलेका थिए। 

    images

    लाओस फिफा वरियतामा नेपालभन्दा पछाडी रहेको छ। लाओस अहिले फिफाको वरियतामा १८६औ स्थानमा छ भने नेपाल १७५औ स्थानमा रहेको छ। 

    अब नेपालले एशिया क्षेत्रको छनौटको दोस्रो चरणमा समुह ‘एच’मा स्थान बनाएको छ। जसमा युएइ र बहराइन रहेका छन् भने चौथो देश यमन र श्रीलंकाबीचको विजेता हुनेछ।

  • सम्बन्धित विषय:

  • # फुटबल