बुधबार, भाद्र २४ गते २०८३
images

बेलिङघम चम्किँदा एल क्लासिकोमा रियल म्याड्रिड विजयी

एक्सप्रेस पाना
कार्तिक १२, २०८० आइतबार
  • 361
    SHARES
  • बेलिङघम चम्किँदा एल क्लासिकोमा रियल म्याड्रिड विजयी

    काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले एल क्लासिको जितेको छ। 

    images

    शनिबार सम्पन्न खेलमा रियल म्याड्रिडले एल क्लासिकोमा बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो।

    रियल म्याड्रिडको जितमा जुडे बेलिङघमले दुवै गोल गरेका हुन्। उनले खेलको ६८ र ९२औं मिनेटमा गोल गर्दै रियल म्याड्रिडलाई जिताएका हुन्।

    images

    यसअघि खेलको छैटौं मिनेटमा इके गुनडोगानले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए।

    यो जितपछि रियल म्याड्रिडको ११ खेलमा २८ अंक भएको छ र शिर्ष स्थानमा कायम रहेको छ। त्यसैगरी बार्सिलोनाको भने यो यस सिजनको तेस्रो हार हो। बार्सिलोनाको ११ खेलमा २४ अंकसहित लिगमा तेस्रो स्थानमा रहेको छ।

  • सम्बन्धित विषय:

  • # फुटबल