बुधबार, भाद्र २४ गते २०८३
images

अल नासर दोस्रो स्थानमा उक्लियो

एक्सप्रेस पाना
कार्तिक १२, २०८० आइतबार
  • 370
    SHARES
  • अल नासर दोस्रो स्थानमा उक्लियो

    काठमाडौँ । साउदी प्रो लिग फुटबल अन्तर्गत अल नासरले अल फेइहालाई पराजित गरेको छ। 

    images

    शनिबार राति भएको खेलमा अल नासरले अल फेइहालाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

    अल नासरको जितमा टालिस्काले २ गोल गरेका थिए भने एक गोल ओटाभियोले गरेका थिए। त्यसैगरी अल फेइहाका लागि एक गोल हुसैन अल शुवाइशले गरेका थिए।

    images

    योसँगै जारी सिजन अल नासरले आठौँ जित निकालेको छ। ११ खेलमा २५ अंकसहित अल नासर लिगको दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानमा रहेको अल हिलालको ११ खेलमा २९ अंक रहेको छ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # Ronaldo
  • # अल नासर