बुधबार, भाद्र २४ गते २०८३
images

टी-२० विश्वकप छनोट आजदेखि, नेपालले सिंगापुरसँग खेल्दै

एक्सप्रेस पाना
कार्तिक १३, २०८० सोमबार
  • 324
    SHARES
  • टी-२० विश्वकप छनोट आजदेखि, नेपालले सिंगापुरसँग खेल्दै

    काठमाडौं । आइसिसी टी२० विश्वकपको एसिया छनोट आज (सोमबार)देखि काठमाडौंमा सुरु हुँदै छ। 

    images

    आजबाट हुने प्रतियोगिता कार्तिक १९ सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुनेछ। 

    नेपाल, मलेसिया, सिंगापुर र ओमान समूह ए मा छन्। समूह बी मा हङकङ, कुवेत, युएई र बहराइन छन्। 

    images

    प्रतियोगिताको पहिलो खेलमा नेपालले बिहान ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिंगापुरविरुद्ध खेल्ने छ। भने सोहि समयमा मुलपानी क्रिकेट मैदानमा यूएईले बहराइनसँग खेलनेछ। 

    यस्तै दिनको तेस्रो खेलमा ओमानले मलेसियाको सामना गर्नेछ। यो खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा एक बजेबाट सुरु हुनेछ। यस्तै दिनको अन्तिम खेलमा सोहि समय हङकङले कुवेतसाग खेल्नेछ।

    यस प्रतियातामा आयोजक नेपालसहित कुल ८ टोलीको सहभागिता रहेको छ।

    नेपालले दोस्रो खेल कार्तिक १४ गते मलेसियासँग र तेस्रो खेल कार्तिक १६ गते ओमानसँग खेल्ने भएको छ। 

    विश्वकप छनोटका फाइनलमा पुग्ने दुई देश आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपमा छनौट हुने छन्। नेपाल यसअघि पहिलो पटक २०१४ को टी- २० विश्वकप खेलेको थियो। यस अघि टी-२० विश्वकपमा १६ द्देश खेल्दै आएकोमा २०२४ को विश्वकपमा २० देशले सहभागिता जनाउदै छन्।

    एशिया क्षेत्रको टी-२० विश्वकप खेल्ने नेपाली टीममा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ सेख (विकेटकिपर), बिनोद भण्डारी (विकेट किपर), कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहोरा, प्रतिश जिसी, बिबेक यादव, सन्दीप लामिछाने र  ललित राजबंशी।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # टी-२० विश्वकप छनोट