शनिबार, भाद्र २७ गते २०८३
images

२४ घण्टामा २६७६ जनामा संक्रमण १७५७ जना संक्रमणमुक्त

एक्सप्रेस पाना
आषाढ ३१, २०७८ बिहीबार
  • 516
    SHARES
  • २४ घण्टामा २६७६ जनामा संक्रमण १७५७ जना संक्रमणमुक्त


    ३१ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २,६७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८२५६ पीसीआर परीक्षणमा १७८२ र ४५१२ एन्टिजेन परीक्षणमा ८९४ जना गरी २६७६ जनामा संक्रमण पुष्टि भएको हो ।
    कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ भने १७५७ जना संक्रमणमुक्त भएका छन् ।

    सक्रिय संक्रमित २६ हजार ६३९ जनामध्ये होम आइसोलेसनमा २४ हजार २५ जना छन् भने अस्पतालमा दुई हजार ६ सय १४ जना रहेका छन् ।

    images

    यस्तै निको हुनेको कुल संख्या ६ लाख २६ हजार ४६८ पुगेको छ भने मृतकको संख्या ९ हजार ४६३ पुगेको छ । 
    हाल निको हुने दर ९४.६ प्रतिशत रहेको छ ।