बुधबार, भाद्र २४ गते २०८३
images

अलराउन्डर दीपेन्द्रसिंह ऐरी घाइते

एक्सप्रेस पाना
कार्तिक १३, २०८० सोमबार
  • 336
    SHARES
  • अलराउन्डर दीपेन्द्रसिंह ऐरी घाइते

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर खेलाडी दीपेन्द्रसिंह ऐरी घाइते भएका छन्। 

    images

    सोमबार नेपाल क्रिकेट संघ क्यानले उनी घाइते भएको जनाएको छ। तर, उनी नेपालका अन्य खेलमा खेल्ने वा नखेल्नेबारे क्याने केही जानकारी दिएको छैन।

    आजबाट काठमाडौंमा सुरू भएको टी२० विश्वकप एसिया छनोटमा नेपालले सिंगापुरलाई पराजित गर्दै सुखद् सुरूवात गरे पनि नेपाली टिमका महत्वपूर्ण खेलाडी दीपेन्द्रसिंह ऐरी घाइते भएर मैदान बाहिर रहेका थिए। 

    images

    टिमका सबैभन्दा भरपर्दा खेलाडी घाइते हुँदा नेपाललाई भने ठूलो झट्का लागेको छ। दीपेन्द्र पछिल्ला खेलरूमा उत्कृष्ट लयमा थिए। सिंगापुरविरुद्धको खेल अगाडि अभ्यासका क्रममा उनी घाइते भएका हुन्। 

    अब नेपालले मंगलबार मलेसियाविरुद्ध खेल्दै छ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # टी-२० विश्वकप छनोट
  • # दीपेन्द्रसिंह ऐरी