बुधबार, भाद्र २४ गते २०८३
images

लगातार दोस्रो जितसँगै ओमान सेमिफाइनल नजिक

एक्सप्रेस पाना
कार्तिक १४, २०८० मंगलबार
  • 429
    SHARES
  • लगातार दोस्रो जितसँगै ओमान सेमिफाइनल नजिक

    काठमाडौं, कार्तिक १४ । काठमाडौंमा जारी आईसिसी टी२० विश्वकप छनोट अन्तर्गत एसियाली क्षेत्रिय छनोटमा समूह 'ए' को ओमानले लगातार दोस्रो जित निकालेको छ।

    images

    मंगलबार भएको खेलमा ओमानले सिंगापुरलाई २२ रनले पराजित गरेको हो। 

    ओमानले दिएको १७५ रनको लक्ष्य पाएको सिंगापुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५२ रन मात्रै बनाउन सक्यो। 

    images

    सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक ४१ रन बनाए। यस्तै अन्य मनप्रित सिंहले ३१, अनिष परामले २६ र कप्तान अरित्रा दत्तले १३ रन बनाएपनि टोलीको हार टार्न सकेनन्। 

    यता ओमानका लागि विलाल खान र फैज बटले समान २ विकेट लिए। 

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७४ रन बनाएको थियो। 

    ओमानका लागि अकिब इलियासले ३५ बलमा ६३ रनको अर्धशतकीय इंनिङ खेलेका थिए। यस्तै प्रतिक अथाभले ४२, कप्तान जिसान मक्सुद २६ र कस्यप प्रजापतिले १२ रन बनाएका थिए। 

    सिंगापुरका लागि जनक प्रकाश, रमेश कलिमुथु र अनिष परामले समान २ विकेट लिए। 

    यो जितसँगै समूह ए बाट सुरूआवती दुबै खेल जितेको ओमान सेमिफाइनल नजिक पुगेको छ। यता पराजित सिंगापुरले भने दुबै खेलमा पराजय ब्यहोर्दै प्रतियोगिताबाट बहिरिएको छ।

    यस्तै आजै हुने समूह ए को अर्को खेलमा नेपालले मलेसियाको सामना गर्नेछ। नेपाल आजको खेल जित्दै एक खेल अगाबै सेमिफाइनल पुग्ने दाउमा रहेको छ। नेपालले यसअघि आफ्नो पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो।

    आजै मुलपानी क्रिकेट मैदानमा भएको समूह 'बी' को खेलमा हङकङलाई २० रनले पराजित गर्दै बहराइनले पहिलो जित नि कालेको छ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # टी-२० विश्वकप छनोट