बुधबार, भाद्र २४ गते २०८३
images

विश्वकपमा छनोट हुने नेपाल र युएई भिड्दै

एक्सप्रेस पाना
कार्तिक १७, २०८० शुक्रबार
  • 335
    SHARES
  • विश्वकपमा छनोट हुने नेपाल र युएई भिड्दै

    काठमाडौँ । आइसिसी टी-२० विश्वकप छनोट अन्तर्गत एशिया क्षेत्रको सेमिफाइनलका खेल आज हुँदै छन्।

    images

    सेमिफाइनलमा ओमान र बहराइन तथा नेपाल र यूएईले प्रतिष्पर्धा गर्दै छन्। 

    ओमान र बहराइनबीचको खेल टियु क्रिकेट मैदानमा बिहान ११ बजेदेखि शुरु हुदै छ भने युएई र नेपालबीचको खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजेदेखि नै शुरु हुदै छ।

    images

    आजको खेल जितेर फाइनलमा पुग्ने देशले आगामी जुनमा अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपमा स्थान बनाउने छन्।

    ओमानले समुह ए मा समुह विजेता हुदै सेमिफाइनलआमा आफ्न ओस्थान सुरक्षित गरेको हो। त्यस्तै बहराइनले भने समुह चरणमा केवल एक खेल जितेर पनि सेमिफाइनलको यात्रा तय गरेको छ। 

    त्यसैगरी युएईले समुह बी का तिनै खेलमा जित निकाल्दै समुह विजेता हुँदै सेमिफाइनलमा स्थान बनाएको हो भने नेपाल समुह ए मा २ खेल जितेर ४ अंकसहित उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो।

  • सम्बन्धित विषय:

  • # क्रिकेट