बुधबार, भाद्र २४ गते २०८३
images

बहराइनलाई हराउँदै ओमन विश्वकपमा

एक्सप्रेस पाना
कार्तिक १७, २०८० शुक्रबार
  • 378
    SHARES
  • बहराइनलाई हराउँदै ओमन विश्वकपमा

    कातिक १७ काठमाडौं । ओमान आईसीसी टी-२० आई विश्वकप पुगेको छ। शुक्रबार सम्पन्न खेलमा बहराइनलाई १० विकेटले पराजित गर्दै ओमान एशिया क्षेत्रबाट विश्वकपमा पुगेको हो। 

    images

    बहराइनले दिएको १०७ रनको लक्ष्य ओमानले १४.१ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्‍यो।

    ओमानका ओपनर काश्यप प्रजापतीले ४४ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५७ अविजित ५७ रन बनाए। 

    images

    योसँगै ओमान तेस्रो पटक विश्वकपमा पुगेको हो। ओमानले यसअघि २०१६ मा भारतमा भएको विश्वकप र सन् २०२१ मा यूएई र ओमानमा संयुक्त रूपमा आयोजना भएको विश्वकपमा पुगेको थियो।

    यता, अर्का ओपनर प्रतीक अथाभालेले ४१ बलमा ४ चौका र १ छक्कासहित अविजित ४८ रन बनाए।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # टी-२० विश्वकप छनोट