आइतबार, कार्तिक १६ गते २०८३
images
images

सरकारको उपलब्धि : ७२ दिनमा थपिँदै एक मन्त्री 

एक्सप्रेस पाना
आश्विन ६, २०७८ बुधबार
  • 295
    SHARES
  • सरकारको उपलब्धि : ७२ दिनमा थपिँदै एक मन्त्री 

    असोज ६ काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकार बनेको ७२ दिनमा एक मन्त्री थपिने भएका छन् । स्रोतका अनुसार कांग्रेस नेता डा.नारायण खड्का आज परराष्ट्रमन्त्री बन्दैछन् । हिजो बसेको गठबन्धनको बैठकमा उनलाई मन्त्री बनाउन सहमति जुटेको हो । आजै सपथ गरेर खड्का संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुन अमेरिका जाने बालुवाटार स्रोतले जनाएको छ । 

    images

    हाल सरकारमा प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरू बालकृष्ण खाँण, जनार्दन शर्मा, पम्फा भुषाल, ज्ञानेन्द्र बहादुर कार्की र राज्यमन्त्री उमेश श्रेष्ठ मात्र छन् । सरकार विस्तार गर्न नसकेको भन्दै प्रधानमन्त्री देउवाको आलोचना हुँदै आएको छ ।