आइतबार, कार्तिक १६ गते २०८३
images
images

 नेपाल र अमेरिकाबीचको मित्रता थप सुदृढ गरिने छः प्रम देउवा

एक्सप्रेस पाना
आषाढ ३१, २०७८ बिहीबार
  • 214
    SHARES
  •  नेपाल र अमेरिकाबीचको मित्रता थप सुदृढ गरिने छः प्रम देउवा

    ३१ असार काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाबीचको मित्रता र साझेदारीलाई थप सुदृढ गरिने बताउनुभएको छ । आफ्नो निजी निवास बूढानीलकण्ठमा नेपालका लागि अमेरिकाका राजदूत ¥यान्डी बेरीसँगको भेटमा प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।     
     मंगलबार पद तथा गोपनीयताको शपथ लिनुभएका प्रधानमन्त्री देउवालाई राजदूत बेरीले सोही दिन सामाजिक सञ्जालमार्फत बधाई दिनुभएको थियो ।  रासस    

    images