बुधबार, भाद्र २४ गते २०८३
images

नेपाली क्रिकेट टिमलाई क्यानले ५० लाख नगद पुरस्कार दिने

एक्सप्रेस पाना
कार्तिक २०, २०८० सोमबार
  • 357
    SHARES
  • नेपाली क्रिकेट टिमलाई क्यानले ५० लाख नगद पुरस्कार दिने

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले टी-२० विश्वकप क्रिकेटमा छनोट भएको नेपाली टिमलाई ५० लाख नगद पुरस्कार दिने भएको छ।

    images

    क्यान कार्यसमितिको आज बसेको बैठकले राष्ट्रिय क्रिकेट टिमलाई ५० लाख नगद पुरस्कार दिने निर्णय गरेको सचिव पारस खड्काले जानकारी दिएका छन्।

    त्यसैगरी क्यानले यू- १९ एशिया कपमा छनोट भएको नेपाली यू-१९ टिमका खेलाडीलाई जनही ५० हजार नगद पुरस्कार दिने निर्णय गरेको छ।

    images

    साथै क्यानले टी-२० विश्वकप छनोटको फाइनल खेलमा बिक्री भएको टिकटको आधा रकम जाजरकोटमा गएको भूकम्पबाट पिडितहरुको उद्धारको लागि सहयोग गर्ने निर्णय गरेको छ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट