मंगलबार, भाद्र २३ गते २०८३
images

आईएमई ग्रुपद्वारा १ करोड ५० लाखको चेक प्रधानमन्त्री प्रचण्डलाई  हस्तान्तरण

एक्सप्रेस पाना
कार्तिक २१, २०८० मंगलबार
  • 338
    SHARES
  • आईएमई ग्रुपद्वारा १ करोड ५० लाखको चेक प्रधानमन्त्री प्रचण्डलाई  हस्तान्तरण

    आईएमई ग्रुप तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लाका भूकम्प प्रभावितहरूका लागि घोषणा गरिएको सहयोग रकम रु १ करोड ५० लाखको चेक आज  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका छन् । 

    images

    अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक लिमिटेड, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स र आईएमई लिमिटेडलगायत आईएमई ग्रुपबाट प्रवर्द्धित कम्पनीहरू तथा आईएमई फाउन्डेसनमार्फत घोषणा गरिएको सहयोग रकमको चेक प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका हुन् । 
    चेक हस्तान्तरणमा अर्थमन्त्री डा प्रकाश शरण महत र मुख्यसचिव डा बैकुण्ठ अर्यालसमेत उपस्थित थिए ।

    यसैगरी, आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी युगेशभक्त बादे श्रेष्ठ, ग्लोबल आईएमई बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल लगायतको पनि उपस्थिति थियो ।

    images

    सहयोग रकम हस्तान्तरण सँगै आइएमई ग्रुपले भूकम्पका कारण मृत्यु भएका नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना  तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। 
    साथै, भूकम्प प्रभावित क्षेत्रमा आइएमई  ग्रुप तथा आइएमई फाउन्डेसनले स्थानीय प्रशासनसँगको समन्वयमा थप राहत सहयोग समेत उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # IMEPAY
  • # चन्द्रप्रसाद ढकाल
  • # ग्लोबल आइएमई बैंक